अपडेट– पुर्णागिरी दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

Accident 0

काठमाडौं । तिब्र गतिमा रहेको टिप्परले ठक्कर दिंदा टनकपुरमा मारिने तीर्थयात्रीको संख्या ११ पुगेको छ । गम्भिर घाइते आठ जनालाई उपचारका लागि हायर सेंटर रिफर गरिएको छ ।

प्रसिद्ध धार्मिकस्थल पुर्णागिरी दर्शन गर्न जाने क्रममा पैदलयात्रीको समुहलाई टिप्परले पेलेर दुर्घटना भएको हो । 

शुक्रबार बिहान उत्तर प्रदेशको नवाबगंजबाट माता पूर्णागिरीको डोली लिएर करिब दुईसय पचास जनाको समूह पैदलयात्रा गर्ने क्रममा टनकपुर को बिचई सेल टैक्स ऑफिस गेटको अगाडी नेशनल हाइवेमा टिप्परले ठक्कर दिएको थियो ।

तिब्र गतिका दुईवटा टिप्परले एक आपसमा उछिन्न गरेको प्रतिष्पर्धाका कारण घटना घटेको बताइएको छ ।

उत्तराखण्डका मुख्यमंत्री त्रिवेंद्र सिंह रावतले मृतकप्रति श्रद्धाञ्जली दिंदै घाइतेको यथासम्भव उपचारका लागि निर्देशन दिएका छन् । राज्य सरकारले मृतकका परिवारलाई तत्काल राहतस्वरुप पचास हजार र गम्भिर घाइतेलाई उपचारका लागि पच्चिस हजार रुपैया तथा सामान्य घाइतेलाई दश हजार रुपैया उपलब्ध गराएको भारतीय टेलिभिजन च्यानल ‘समाचार प्लस’का पत्रकार दीपक फुलेराले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...