दुई दिनका लागि मुक्तिनाथमा वैकल्पिक मार्ग

Muktinath temple,

मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति मुस्ताङको आज बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलका अनुसार वैशाख २८ र २९ गते पदयात्रीका लागि छेन्गुर, झोङ, पुटाक हुँदै कागबेनीको बाटो तय गरिएको छ ।

पदयात्रामा जाने पर्यटकका लागि बैकल्पिक पदमार्ग व्यवस्था गरिनु स्वागतयोग्य भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताए ।

‘पदयात्राका क्रममा उक्त क्षेत्रमा अहिले पनि धेरै पर्यटक आवजावत गरेका छन्,।’ उनले भने, ‘पदयात्री पर्यटकको पदयात्रालाई नियमित एवम् सुचारु गराउन यो निर्णयले महत्वपूर्ण सहयोग पुग्नेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...