गौरीगंगा नगरपालिका कार्यालय नजिक बम विस्फोट

Bom bisphot

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका १० - नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ ।

सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद बस्तु नक्कली बमलाई नेपाली सेनाले आज ‘डिस्पोज‘ गरेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि नगरबासीमा सन्त्रास फैलिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको भनिएको बन्दका क्रममा यी घटना भएका हुन् । शुक्रबार साँझ धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने विप्लव नेतृत्वको माओवादी समर्थित मनु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बन्दका कारण यातायात, उद्योग व्यवसाय ठप्प रही जनजीवन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...