पोर्न स्टारमाथि ट्रम्पको डेढ करोड लगानी

Trump porn star

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टारलाई १ लाख ३० हजार डलर (१ करोड ३८ लाख रुपैयाँ) दिएको खुलासा भएको छ ।

ट्रम्पका कानूनी समूहका अधिवक्ता रुडी गियूलियानीले ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई उक्त रकम दिएको दाबी गरेका हुन् ।

न्यूयोर्कका पूर्व मेयरसमेत रहेका गियूलियानीले अधिवक्ता माइकल कोहेनले जुन पैसा पोर्न स्टारलाई दिएका थिए त्यो ट्रम्पले उनलाई फिर्ता दिएको जानकारी दिए ।

यता ट्रम्पले भने पैसा दिएको बारे आफूलाई केही थाहा नभएको बताउँदै आएका छन् तर उनको र पोर्न स्टारबीच सम्झौता भएको भने स्विकार गरेका छन् ।

स्टोर्मी डेनियल्सले ट्रम्पसँगको आफ्नो सम्बन्धबारे गुपचुप रहनका लागि उक्त रकम दिएको बताएकी छिन् ।

केही दिन अघि ट्रम्पको कानूनी समूहसँग जोडिएका गियूलियानीले फक्स न्यूजसँग भने, ‘उनले कानूनी फर्ममार्फत पैसा पुर्याए र ट्रम्पले पछि उक्त पैसा फिर्ता दिएका हुन् ।’

ट्रम्पले थुप्रै महिनापछि उक्त रकम फिर्ता गरेकोसमेत उनले जानकारी दिए ।

के ट्रम्पलाई पैसा फिर्ता दिएको बारे जानकारी थियो ?

गियूलियानीले उक्त रकम वैध भएको र त्यो चुनाव अभियानको रकमबाट खर्च नगरिएकोसमेत दाबी गरे ।

स्टोर्मी डेनियल्सका अधिवक्ता माइकल एवेनाटीले गियूलियानीको बयानपश्चात् अमेरिकामा जनाक्रोश बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले एक महिना अघि नै भनेका थियौं कि १ लाख २० हजार डलर भुक्तानीबारे अमेरिकी जनतासँग झुटो बोलिएको छ । यसबारे ट्रम्पलाई राम्रोसँग जानकारी थियो ।’

ट्रम्पका वकिल माइकल कोहेनले सुरुमा भुक्तानीको कुरालाई अस्विकार गरेका थिए तर पछि गोप्य रुपमा डेनियल्सलाई आफ्नो नीजि फन्डबाट सन् २०१६ मा पैसा दिएको कुरा स्विकार गरेका थिए ।

यद्यपी, कोहेनले उक्त भुक्तानीबारे ट्रम्पलाई कुनै जानकारी नभएको बताए ।

‘द न्यूयोर्क टाइम्स’ लाई दिएको एक बयानमा कोहेनले न ट्रम्प, न त उनको चुनाव अभियानलाई उक्त रकम बारे थाहा भएको बताए ।

पोर्न स्टार स्टोर्मी ड्यानियल्सले सन् २००६ मा उनले ट्रम्पसँग यौन सम्बन्ध स्थापित गरेको र यसबारे चुप रहनका लागि उनलाई पैसा दिएको बताएकी छिन् ।

यसै वर्ष मार्चमा स्टोर्मी ड्यानियल्सले उनलाई चुप रहनका लागि गरिएको सम्झौतामा ट्रम्पको हस्ताक्षर नभएकाले अवैध भएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

यता ट्रम्पले स्टोर्मीसँग कुनै प्रकारको सम्बन्ध नभएको भन्दै उनका वकिलले ड्यानियल्ससँग दुई करोड अमेरिकी डलर क्षतीपूर्तीको माग गरेका छन् । बीबीसी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...