हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक

Hari

ललितपुर । हिरण्यवर्ण महाविहार गोल्डन टेम्पल आउनेमा चिनियाँ पर्यटकको संख्या ४/५ वर्षयता बढिरहेको छ ।

महाविहारमा एक वर्षमा ५० हजारको हाराहारीमा बाह्य पर्यटक आउने गरेका छन् । तीमध्ये कुन देशबाट कति आए भनेर छुट्याएर नराखिएको महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वले बताए । उनले भने, “तर चिनियाँ पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको देख्न सकिन्छ ।” चिनियाँ पर्यटक एक्लै, सानो समूहमा र ठूलो समूहमा आइरहेका छन् ।

पहिले युरोपेली देशबाट आउने पर्यटक बढी भएकामा अहिले चीन, जापान र दक्षिण एशियाली देशका पर्यटक बढी रहेको अध्यक्ष धाख्वले जानकारी दिए । भूकम्प गएपछिका वर्षमा हेर्दा छिमेकी मुलुकका पर्यटकको संख्यामा वृद्धि भइरहेको छ ।

उनले भने, “अध्ययनका लागि वा घुम्नका लागि आउनेमा छिमेकी देशका पर्यटक बढिरहेका छन् ।” महाविहारमा धार्मिक पर्यटकसमेत आउने गर्छन् । कतिपय दरबार क्षेत्र आएका पर्यटक त महाविहार नै आउने गर्दछन् ।

महाविहारले अहिले पर्यटकसँग ५० शुल्क लिँदै आएको छ । दुई वर्ष पहिले पाटन सङ्ग्रहालय र नगरपालिकाले लिने शुल्कमा ‘एकद्वार प्रणाली’ लागू भएपछि महाविहारमा समेत सो प्रणाली लागू गर्न महानगरपालिकाले भन्दै आएको छ । संरक्षण समितिले भने पुनःनिर्माण सकिएपछि मात्रै एकद्वार प्रणालीमा जाने भन्दै आएको छ । उक्त महाविहार उपत्यकाको सबैभन्दा बढी सर्वसंघ सदस्यहरु रहेको महाविहार हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...