शिक्षामा राजनीति हुनुहुन्न : पूर्व प्रधानमन्त्री देउवा

Deuba1

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् ।

कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताए ।

देउवाले प्रदेश नं ७ विकासका धेरै सम्भावना रहेको क्षेत्र भएकाले विकासका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने बताए । विश्वविद्यालय अनुदान आयोग, साविक जिल्ला विकास समिति, गेटा गाविस, मालाखेती गाविसको आर्थिक सहयोग र तत्कालीन प्रतिनिधिसभाका सदस्यको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेटसमेत गरी कूल २ करोड ५० लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

उक्त तीन तले उक्त भवनमा २६ कोठा रहेका छन् । स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुने यस क्याम्पसमा एक हजार २ सय विद्यार्थी रहेका छन् । विसं २०६३ मा स्थापना भएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल करीब १५० गरीब तथा जेहेन्दार छात्रछात्राले छात्रवृत्ति पाएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्न लागेको यो क्याम्पसमा पछिल्लो पटक फरेस्ट्री विषयको पढाइका लागिसमेत पहल थालिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र भट्टले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...