बाख्रा मानिसको कति नजिकको साथी ?

Bakhra

 

‘बायोलोजी लेटर’ नामक जर्नलमा प्रकाशित रिपोर्टअनुसार १० हजार वर्षदेखि मान्छेको संगतमा रहदैँ आएको बाख्रा पहिले सोचिएभन्दा धेरै बाठो भएको र मानिससँग कुकुरपछि भावनात्मक सम्बन्ध विकास गर्न सक्षम रहेको देखिएको हो।

 बाख्रा मानिसको असल साथी बन्न सक्छ भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ। तर लण्डनस्थित क्वीन म्यारी युनिभर्सिटीमा गरिएको नयाँ अनुसन्धानले यो कुराको पुष्टि गरेको छ। उक्त अनुसन्धानअनुसार कुकुर र घोडापछि बाख्रा मानिसको सबैभन्दा नजिकको मित्र बन्न सक्छ।

‘बायोलोजी लेटर’ नामक जर्नलमा प्रकाशित रिपोर्टअनुसार १० हजार वर्षदेखि मान्छेको संगतमा रहदैँ आएको बाख्रा पहिले सोचिएभन्दा धेरै बाठो भएको र मानिससँग कुकुरपछि भावनात्मक सम्बन्ध विकास गर्न सक्षम रहेको देखिएको हो।

नयाँ अनुसन्धानमा कुनै काम गर्न नसक्दा बाख्राले आशापूर्वक मान्छेको अनुहारमा निरन्तर हेर्ने गरेको तथ्य फेला परेको हा । यस्तै स्वभाव कुकुरमा पनि पाइन्छ। त्यस्तै उक्त अनुसन्धानमा बाख्राले उत्तोलकको प्रयोग गरेर बन्द बाक्सालाई खोल्ने कौशलतालाई समेत प्रदर्शन गरिएको थियो। बाख्राले सो सीप चार वर्षसम्म कुनै प्रेरणाबिनै सम्झिन सक्ने बताइएको छ।

अनुसन्धानकर्तामध्येका एक डा. क्रिष्टियन नारोथका भन्दछन्, ‘कुकुर र घोडामा जस्तै बाख्रामा पनि मानिससँग जटिल सञ्चार गर्नसक्ने क्षमता रहेको प्रमाण हाम्रो अनुसन्धानको परिणामले दिएको छ।’

यद्यपि इटाली, जर्मनीलगायत कैयौँ देशमा कसैलाई ‘बाख्राजस्तै मूर्ख’ भन्नु अत्यन्त अपमानजनक हुने बताइन्छ, किनभने ती देशहरुका बाख्रालाई गधाझैँ मूर्ख जनावरको सूचीमा राख्ने गरिन्छ।

अनुसन्धानमा संलग्न डा. एलान म्याक्एलिगट भन्छन्, ‘बाख्राको बारेमा यस्तो विश्वास गरिनु गलत छ। मानिसहरु बाख्रा र भेडालाई उस्तै ठान्छन् तर दुवै जनावरसँग संगत गरिसकेको मान्छेले स्पष्ट फरक थाहा पाउँछ।’
एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...