त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

Gass2 bulet

धादिङ । धादिङको मलेखुस्थित त्रिशूली नदीमा शुक्रबार बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ ।

काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...