वैशाख अन्तिम साता भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

Modi

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख अन्तिम साता नेपालको भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले वैशाख २८ देखि मे ११ तारिखमा नेपालको भ्रमण गर्ने खबर भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले प्रकाशन गरेको छ ।

नेपाल आएको बेला मोदीले जनकपुरको पनि भ्रमण गर्न सक्ने खबरमा उल्लेख छ । तर काठमाडौँस्थित भारतीय दुतावासले भ्रमणबारे भने केही बताएको छैन ।

मोदीले सार्क शिखर सम्मेलनका बेला सन् २०१४ मै जनकपुरको भ्रमण गर्ने बताए पनि अन्तिम समयमा रद्द भएको थियो । नेपालमा संविधान जारी भए लगत्तै भारतले नाकाबन्दी गरेपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारको प्रयास भइरहेको छ ।

प्रधानमन्त्री केर्पी ओलीले चैत २३ गतेदेखि गरेको भारत भ्रमणका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...