पर्यटन प्रवद्र्धनका लागि जापानमा प्रचारप्रसार

Japan

जापान । नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले टोकियो बाहिर फुकुओकामा प्रचार अभियान चलाएको छ ।

स्थानीय कला संस्कृति र रहनसहनसँगै विश्व सम्पदा सूचीमा सूचीकृतस्थलको प्रचारप्रसारलाई राजधानी टोकियोमा सीमित गरिँदै आएको थियो । यस पटकदेखि टोकियोबाट पश्चिमतर्फ रहेको फुकुओकामा पहिलो पटक दुई दिवसीय नेपाल भेस्टिवल आयोजना गरी यसको शुरुवात गरिएको छ ।

आयोजकका अनुसार जापानी नागरिकलाई नेपालप्रति आकर्षित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्दश्यले राजधानी केन्द्रित प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन फुकुओकामा भेस्टिवल आयोजना गरिएको हो । यस पटकदेखि प्रत्येक नयाँ नेपाली वर्षमा फुकुओका क्षेत्रमा नेपाल फेस्टिवल गर्ने निर्णय गरिएको छ ।

विभिन्न उद्देश्यले विश्वभर छरिएका नेपालीले आफ्नो कला संस्कृतीसँगै विश्वसम्पदा सूचीमा सूचीकृत स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाएको भन्दै जापानस्थित नेपाली राजदूत प्रतिभा राणाले फुकुओकावासी नेपालीले गरेको कार्यको प्रशंसा गरे ।

राणाले नेपालमा लगानी भित्र्याउन यस्ता कार्यले मद्दत पुग्ने भन्दै एकजुट भएर गर्न सकिने कामलाई सबै ठाउँबाट प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रचारप्रसारको फाइदा जापानमा भएका नेपालीलाई मात्र नभएर स्वदेशका नेपालीलाई पनि हुने भएकाले हरेक वर्ष नेपाल फेस्टिवल आयोजना गर्ने निर्णय गरिएको फेस्टिवल आयोजक समिति एवं फुकुओका नेपाल सोसाइटीका पूर्वअध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

शनिबार र आइतबार भएको फेस्टिवलको १५ हजारभन्दा बढी जापानी तथा नेपालीले अवलोकन गरेका थिए । त्यहाँ नेपाली खाना, पोशाक, विप्रेषणसहित सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका जन्मदूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवनको सौराहालगायत पर्यटकीय क्षेत्रको प्रचार सामग्रीसहितका कक्ष राखिएका थिए ।

‘जापानी नागरिकलाई नेपालबारे जानकारी दिन राजधानी र प्रमुख शहर केन्द्रित प्रचारप्रसार गाउँ र नगरसम्म पु¥याएका हौँ,’ श्रेष्ठले भने । निकट भविष्यमा नागोयामा पनि नेपाल फेस्टिवल आयोजना गर्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...