राज्यमन्त्री बाँस्कोटाद्वारा शैक्षिक अक्षयकोषको शुभारम्भ
धुलिखेल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले रु १० लाखको शैक्षिक विकास अक्षयकोषको शुभारम्भ गरेका छन् ।
आज काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे सेवा समाज साउदी अरबको प्रथम वार्षिकोत्सवको अवसरमा उहाँले सो कोषको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले विदेशी भूमि साउदी अरबमा बसेर जीवनको मूल्यबाट जम्मा गरेको रकमबाट राष्ट्रको नाममा स्थापना गरिएको अक्षयकोषबाट काभ्रेपलाञ्चोक र देशको शैक्षिक विकासको लागि उल्लेखनीय सहयोग पुग्ने विचार व्यक्त गरे ।
उनले यस वर्ष सरकारले नागरिक उत्तरदायित्व अभियानअन्तर्गत एक जनाले आफ्नो परिवारबाहेक एक जना व्यक्तिलाई पढ्नमा सहयोग गर्नुपर्ने अभियान चलाएको बताउदै त्यसमा सबैले सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले साउदी अरबमा बसेर श्रम गरी जम्मा गरिएको रकमबाट आफ्नो देशको सुन्दर गाउँबस्तीको सपना बुन्दै स्थापना गरिएको अक्षयकोष सराहनीय रहेको बताए ।
सो क्रममा अक्षयकोषको लागि सहयोग गर्नुभएका संस्थाका प्रमुख सल्लाहकार द्धारिकाराज गिरी, भवन भट्ट र लोक गायक मच्छेश्वर सापकोटालगायतलाई सम्मान गरिएको थियो ।
१६ जनाको समिति रहेको उक्त संस्था एक वर्ष अगाडि काभ्रेपलाञ्चोक जिल्लाको बृहत्तर हितको लागि स्थापना गरिएको संस्थाका संयोजक जेनकुमार लामाले बताए ।
कोषबाट जिल्लाका गरीब, जेहेन्दार र पिछडिएका समुदायका विद्यालयस्तरका विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने लामाले बताए ।
सम्बन्धित समाचार
शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने
काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...
नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको अधिवेशन, गोविन्द राई अध्यक्ष चयन
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले ...
आजदेखि एसइई सुरु, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी परिक्षामा सहभागी
धनकुटा । आजदेखि माध्यामिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस...
एसइइको सम्पूर्ण तयारी पूरा, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने
धनकुटा । भोलीदेखि हुने माध्यमिक विद्यालय परिक्षा एसइइको सम्पूर्ण तयारी पूरा भएको छ । यो वर्ष धनकु...
भीरगाउँको टंक माविमा विद्यार्थीलाई टाइम कार्ड, विद्यार्थीले लगाउँछन् जातीय पोशाक
धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँमा रहेको श्रीमान टंक माध्यमिक विद्यालयले विद्यार्थीलाई टाइम का...
गोकुण्डेश्वर माध्यमिक विद्यालयको ९२ औं बार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित
धनकुटा । धनकुटाको पुरानो विद्यालयको रुपमा चिनिएको गोकुण्डेश्वर माध्यमिक विद्यालयले आफ्नो ९२ औं बा...
धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित
धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...
प्रतिकृया दिनुहोस