यस्तो छ डा. केसीले अदालतमा दिएको बयान 'प्रधानन्यायाधीश पराजुलीलार्इ ११ आरोप'

Adalat supreme court

काठमाडौँ । डाक्टर केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए।

‘अरुले दुईटा नागरिकता राख्न पाउँदैनन्, तर प्रधानन्यायाधीशसँग दुई नागरिकता छन्, उहाँले उमेर सच्याएर जागिर खाइरहनु भएको छ, त्यो अपराध हो’ केसीलाई उद्धृत गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले सेतोपाटीसँऊ  भने, ‘उहाँ न्यायाधीश हुन अयोग्य मान्छे हो, उहाँमाथि छानबिन गरिपाउँ।’

केसीले प्रधानन्यायाधीश पराजुलीले पदीय हैसियत पनि दुरुपयोग गरेको बयानमा उल्लेख गरेका छन्। नातेदार भएकाले नहकुल सुवेदीलाई ६ महिनामा तीन पटक बढुवा गरेको उल्लेख गर्दै पराजुलीले नै अदालतको अपहेलना गरेकाले उनलाई कारबाही गर्नुपर्ने केसीले बयानमा  उल्लेख गरेका छन्।

केसीको बयान सकिएपछि अब न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीले अदालतको अपमान गरेको मुद्दामा बहस हुने भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...