आगामी मनसुनसम्म भूकम्पपीडितका ६० प्रतिशत घर निर्माण हुन्छन् : सीईओ भुसाल
गुल्मी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताएका छन् । सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितमा उत्साह थपिएकोे र पुनःनिर्माणले पनि गति लिएको उनले बताए ।
भूकम्पपीडितका गुनासा सुन्न र समस्या समाधान गर्ने उद्देश्यले स्थलगत अनुगमनका क्रममा प्राधिकरणको एक टोलीसहित एकसाता लामो जिल्ला भ्रमणमा निस्केका कार्यकारी अधिकृत भुसालले गुल्मीमा लाभग्राही, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सञ्चार माध्यमसँगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
कतिपय ठाउँमा प्राविधिकहरु समयमा जान ढिलो गरेका कारण पीडितले आफ्नै तरिकाले घर बनाइसकेको हुँदा त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा पनि पुनःनिर्माण प्राधिकरणले केही पुनर्विचार गर्न लागेको उनले बताए ।
प्राधिकरणले गति लिन नसकेको मूल समस्या भनेको प्राविधिक कर्मचारीहरु स्थानीय तहमा गएर भूकम्पपीडितलाई दोस्रो किस्ता निकाल्नका लागि सहजीकरण गर्न नसकेको उहाँको भनाइ थियो ।
उक्त समस्या समाधानका लागि अहिले गाउँपालिका र नगरपालिकाअन्तर्गत कर्मचारी खटाइसकेको र प्राविधिकले गाउँगाउँमा पुगेर आफ्नो काम शुरु गरेको हुँदा अहिले पुनःनिर्माणले तीव्रता लिएको उनको दाबी थियो । अनुगमनका क्रममा कतिपय ठाउँमा कामदारको अभाव रहेको देखिएको भुसालले बताए ।
गुल्मीमा लाभग्राही सूचीमा परेका भूकम्पपीडितको संख्या चार हजार १४४ रहेकामा हालसम्म तीन हजार ५६८ जनाले पहिलो किस्ताबापतको रकम सम्झौता गरेर लगिसकेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंंकरप्रसाद गौतमले जानकारी दिएका छन् ।
जिल्लाको मदाने, धुर्कोट, तम्घास र पूर्तिघाटमा सम्पन्न अन्तक्र्रिया एवं छलफल कार्यक्रममा लाभग्राही एवं स्थानीय जनप्रतिनिधिले पुनःनिर्माण कार्य ढिलो भएको बताउँदै यसलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित समाचार
चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा
तनहुँ । बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रती...
आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन
पर्वत । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको...
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । मंगलबार उपसभा...
सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छ...
धनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मीमा रुख लडेर किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी...
सूर्यको उपासना गरी मनाइने छठ पर्व मनाइँदै, आज देशभर सार्वजनिक विदा
काठमाडौं । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि छठ पर्व बिहीबार र शुक्रबार मनाइँद...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस