रुकुममा पखालाको प्रकोप

Viral fever1

रुकुम । रुकुम पश्चिममा पखालाको प्रकोप देखिएको छ । जिल्लाका विभिन्न ठाउँमा दैनिक बिरामी बढिरहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

हिजो बिहीबारसम्म जिल्ला अस्पताल सल्लेमा मात्र २५ जना पखालाका बिरामीले नियमित उपचार गराइरहेका छन् ।

जिल्लामा अहिले २ वर्षमुनिका बालबालिकामा पखालाले संक्रमण गरेको जिल्ला अस्पताल सल्लेका डा. यज्ञप्रसाद विसीले जानकारी दिए । पखालाका कारण अहिलेसम्म कसैको मृत्यु भने भएको छैन । अहिले देखापरेको पखाला नसर्ने भएको उनले बताए ।

जिल्ला अस्पताल र अन्य गाउँमा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुन थालेको छ । अहिले बिरामीले सरकारी स्वास्थ्य संस्थामा औषधि पाउन छोडेपछि निजी औषधि पसलबाट चर्को मूल्यमा औषधि किन्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा बिरामीको चाप निकै बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...