राजदूत सुन्दास र अधिराजकुमार बीच श्रमिकको संरक्षण बारे छलफल

Padam sundas

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खालिफा बीच मनामास्थित गुडैविया दरवारमा शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलवार भएको भेटका क्रममा अधिराजकुमार खालिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कुटनैतिक भूमिकामा सफलताको कामना गरे ।

भेटका क्रममा विद्यमान दुई पक्षीय सम्वन्धलाई थप सुध्रिणिकरण बनाउने, बहराइन र नेपाल बीच भएको आर्थिक तथा वाणिज्य सम्वन्धलाई दुई पक्षीय हितमा अघि बढाउने विषयमा विचार आदान–प्रदान भएको दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत सुन्दासले नेपालको पछिल्लो राजनीतिक विकास क्रममाथि प्रकाश पार्दै लगानी, व्यापार, पर्यटन र नेपाली श्रमिकहरूको संरक्षणमा दुई देशबीच सहकार्य गर्ने बारे आफ्नो प्रतिबद्दता रहने बताए ।

भेटका क्रममा श्रम सहचारी जगदिश चन्द्र शिवाकोटी र त्रितिय सचिव अमृत लोप्चनको समेत सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...