कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो
पानीको वहाव घटेपछि उत्पादन पनि कम हुँदै गएको आयोजना प्रमुख राजेश पाण्डेले जानकारी दिए । “हिउँदमा प्रायःगरी उत्पादन घट्ने भए पनि यस पटक ५५ प्रतिशतभन्दा पनि बढी घटेको छ” उनले भने, “वर्षायाम जस्तो फुल फेजको प्रोडक्सन भएको छैन ।” पाण्डेले कालीगण्डकी मात्र नभई अन्य सहायक नदी र मूल सबैमा पानी घटेकाले असर परेको बताए ।
उक्त आयोजनामा वर्षायाममा तीन वटै टर्बाइनबाट विद्युत् उत्पादन हुने र तर अहिले एउटा मात्र टर्बाइनबाट विद्युत् उत्पादन हुने गरेको छ । पानीको सतह कम हुँदा हिउँदमा दुई टवाईन बन्द हुने गरेका छन् । “नदीमा पानीको स्तर दिनदिनै घटेको छ,’ उहाँले भन्नुभयो, “गएका वर्षभन्दा योपल्ट नदीको वहाव अझै बढी मात्रामा घटेको हो ।”
बिहान–बेलुकी पानी सञ्चित गरी पूर्णस्तरमा नै विद्युत् उत्पादनको प्रयास भए पनि दिउँसोको उत्पादन ८० मेगावाटमा झरेको छ । यस पटक गत असोज अन्तिमदेखि नै कालीगण्डकी नदीको वहाव क्रमिक रूपमा घटदै गएको छ । गत असोजदेखि वर्षा पनि नभएकाले गत वर्षभन्दा पानीको बहाब घटेको आयोजनाले जनाएको छ ।
यस्तै पर्वत जिल्लाका अन्य जलविद्युत् केन्द्रमा पनि विद्युत् उत्पादन घटेको छ । चौध दशमलब आठ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदीखोला–१ र एक मेगावाटको पातीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन झण्डै ५० प्रतिशतले कमी आएको आयोजनाहरुले जनाएका छन् ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस