प्राविधिक समस्याबाहेक अन्य अवस्थामा विद्युत्भार कटौती हुँदैन : प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ ।
विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो ।
हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित /अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राविधिक समस्याका कारण कहीँ कतै केही समयसम्म विद्युत् आपूर्तिमा अवरोध आएको भए पनि विद्यत्भार कटौती नहुने उनले बताए ।
“समस्या देखिएका स्थानमा प्राविधिक टोली खटाएर समाधान गर्दैआएका छौँ,” उनले भने । विद्युत् आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई ध्यान दिई फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइएको र वितरण प्रणालीलाई सदृढ गरिएको उनले बताए । हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाब घट्दा विद्युत् उत्पादनमा कमी आउने गरेको छ । यही समयमा विद्युत् माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
विद्युत् आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको र ग्राहकलाई बत्ती दिन गत वर्षझै यस वर्षको हिउँदमा समेत प्राधिकरण दृढताका साथ लागिपर्ने प्राधिकरणले जनाएको छ । विद्युत्भार कटौती न्यूनीकरण गर्न प्राधिकरण विद्युत् माग र आपूर्ति व्यवस्थापनको योजना बनाएर कार्यान्वयनमा लागेको छ । विद्युत् उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत् आयोजनाबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।
अपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत् माग हुने समयमा मात्र तीन घण्टा विद्युत् कटौती गर्ने गरेको छ । यस वर्षको हिउँदको विद्युत् मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहका उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपुग विद्युत् भारतबाट आयात गर्ने योजना बनाएको छ ।
विद्युत् आपूर्तिका लागि नेपाल आत्मनिर्भर नभएको अवस्थामा नेपाल–भारत प्रसारण लाइनबाट सहजरुपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत् खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस