धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रर्दशन

Dkt aandolan

धनकुटा । १ नं. प्रदेशको राजधानी धनकुटालाई बनाउन माग गर्दै आज छैठौं दिन पनि धनकुटामा व्यापक प्रर्दशन र सभा भएको छ ।

धनकुटाको मदन चौकबाट निस्किएको विशाल जुलुसले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी पुन मदन चोकमा आई सभामा परिणत भएको थियो ।

सभामा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई, सुन्दरबाबु श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ तामाङ लगायतले पूर्वाधार, सुरक्षा, ऐतिहासिक आधार लगायत सबै किसिमले धनकुटा उपयूक्त रहेकोले प्रदेश नं। १ को राजधानी धनकुटालाई बनाउन माग गरेका थिए ।

उनीहरुले आन्दोलनलाई अझ सक्रियताका साथ निरन्तरता दिने बताए । सभा तथा जुलुसमा धनकुटेलीहरुको व्यापक सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...