सिलवाललाई मुद्दा हाल्न प्रधानमन्त्रीसँग सल्लाह भएकै हो त ?

Deuwa nabaraj silwal

काठमाडौं । २१ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पूर्व डिआइजी नवराज सिलवाल विजयी होलान् भन्ने कसैले सोचेका थिएनन् ।

अझ विजयी भएपछि सिलवालले यस्तो आपत्तिको सामना गर्नु पर्ला भनेर स्वयं सिलवालले पनि सोचेका थिएनन् । तर, पछिल्लो समयमा उनीमाथि एकपछि अर्काे गर्दै अर्काे विपत्तिको सामना गर्न पर्ने दिन पनि आएको छ ।

खासगरी महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकनमा भएको किर्ते प्रकरणको छानबिन सुरु गरेसँगै उनले सांसद नै गुमाउनुपर्ने अवस्था आएको छ ।

नयाँ सरकार गठन हुँदा सिलवाल गृह राज्यमन्त्री बन्ने हल्ला चलेसँगै सरकार, प्रहरी संगठन र सिलवालविरुद्ध लागेका केही शक्तिहरु जुर्मुराएका थिए । त्यही क्रममा उनीविरुद्ध मुद्दा हाल्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल र महान्यायाधिवक्ता बसन्तराज भण्डारीबीच सोमबार गोप्य वार्ता भएको थियो ।

नेपाल प्रहरीको आइजिपी नियुक्तिसम्बन्धी मुद्दामा सिलवालले प्रमाणका लागि पेश गरेको कार्यसम्पादन मूल्यांकनको फारम नक्कली पेश गरेको सर्वोच्च अदालतले ठहर गरेको प्रमाणका आधारमा भएको गोप्य बुधबार सिलवालविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

उनले पेश गरेको कार्यसम्पादन मूल्यांकनको फारम र गृह मन्त्रालयबाट सर्वाेच्चमा पुगेको फारमफरक परेपछि तत्कालीन डिआइजी विजय भट्टको संयोजकत्वमा छानबिन समिति नै बनाइएको थियो । सो समितिले उनलाई ११ बैशाखमा नियन्त्रणमा लिएको थियो । त्यसबेला बयान लिएर छाडिएको थियो ।

सो छानबिन समितिले सिलवालले किर्ते गरेको ठहर गरेको थियो । ल्याब परीक्षणमा समेत उनले पेश गरेको कार्यसम्पादन मूल्यांकनको फारम किर्ते गरेको पाइएको थियो ।

सिलवाल प्रकरणले त्यसबेला आगो बालेको थियो । त्यसमा पनि पछिल्लोपटक सिलवाल एमालेमा गएर देउवा सरकारविरुद्ध लागेका कारण पनि उनलाई जसरी पनि कमजोर बनाउने कारणको खोजी भइरहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...