के होला सिलवालको सांसद पद ? उनी फरार कि सांसद ?
काठमाडौं । प्रहरी प्रमुख हुन नपाएपछि नवराज सिलवालले राजनीतिक झण्डा समाते । २१ मंसिरमा भएको प्रतिनिधिसभामा ललितपुर क्षेत्र नं. १ बाट विजयी पनि भए । तर, उनी बुधबारदेखि प्रहरीकै नजरमा फरार अभियुक्त बनेका छन् ।
पूर्व डिआईजी सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएसँगै उनको नाम फरार सुचीमा परेका छन् ।
डिआइजीको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको भन्दै सर्वोच्च अदालतले किर्ते गर्नेहरुलाई अनुसन्धान गरी कारबाहीको आदेश दिएको थियो । सर्वाेच्चको फैसलाको पूर्णपाठ सहितको पत्र गएपछि सिलवालविरुद्ध बुधबार जाहेरी दर्ता भएको हो ।
योसँगै सिलवालको सांसद पद पनि धरापमा परेको छ । यदि सर्वाेच्चले दोशी ठहर गरे उनलाई जुनसुकै बेला पनि प्रहरीले गिरफ्तार गर्न सक्छ । जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएसँगै सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन् ।
प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान सकिएपछि जिल्ला अदालतमा मुद्दा दर्ता हुनेछ ।
प्रतिकृया दिनुहोस