प्रदेश राजधानीका लागि नेताहरुको आ–आफ्नै दावी
यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा उत्रिएका हुन् ।
‘राजधानी अत्तरिया नै उपयुक्त हुनसक्छ’ निर्वाचन परिणाम आए लगत्तै नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले संचारकर्मीसँग आफ्नो धारणा राखेका थिए । जनघनत्व, यातायातको सहजता, थारु बाहुल्य जिल्ला र पहाडी जिल्लाका बासिन्दा सबैको सहज आवागमन हुनसक्ने अत्तरिया नै उपयुक्त हुने नेता भट्टको तर्क छ ।
कैलाली कंचनपुरबाट निर्वाचित भएका प्रदेश सभाका प्रायः सबैजसो सदस्यले अत्तरियालाई नै राजधानी बनाउनुपर्ने मत प्रकट गरिरहँदा पहाडी जिल्लाबाट निर्वाचित सांसदले भने दीपायल वा डडेलधुरामध्ये एक ठाउँमा राजधानी हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् ।
प्रदेश नं ७ को राजधानी अत्तरिया बनाउनु पर्ने माग गर्दै मंगलबार अत्तरियाका बासिन्दाहरुले सरकारलाई ज्ञापन पत्र बुझाए । ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिका अध्यक्ष नन्दराज भट्टले अत्तरियामा राजधानी नभए दीर्घकालीन आन्दोलन गर्ने चेतावनी दिए । भट्टको संयोजकत्वमा सबै राजनीतिक दलका प्रतिनिधि रहने गरी आन्दोलनका लागि नौ सदस्यीय समिति समेत गठन गरिएको छ ।
सरकारले यस प्रदेशको राजधानीका लागि सम्भाव्य ठाउँको खोजी गरिरहेको छ । अस्थायी राजधानीका रुपमा भने दीपायल वा धनगढीको चर्चा छ । प्रदेशको राजधानीका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण पहाड भन्दा तराईमा कम खर्चिलो हुने र राजधानीका लागि चाहिने आवश्यक पूर्वाधार पनि पर्याप्त भएकाले राजधानी अत्तरिया उपयुक्त भएको स्थानीय सबै राजनीतिक दलका अगुवा नेता कार्यकर्ताको दावी रहेको छ ।
नेपाली काँग्रेसका नेता लोकराज पाण्डेयले भने ‘सबै दृष्टिले अत्तरिया प्रदेश राजधानी बनाउनु उपयुक्त रहेको छ ।’ थारु समुदायका अगुवा नेता प्रभात चौधरी भने प्राकृतिक न्यायको सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रदेश राजधानी दीपायल वा डडेलधुरामा हुनुपर्ने बताउछन् ।
आ–आफ्नै ठाउँमा प्रदेश राजधानी तोक्नु पर्ने माग उठिरहेको भएपनि प्रदेश सभाको बैठकलाई प्रदेशको नामकरण र राजधानी तोक्ने अधिकार रहेको छ ।
यसैबीच, धनगढीमा उपलब्ध रहेको पूर्वाधार तथा भवनको विवरण पठाउन केन्द्रबाट निर्देशन आएबमोजिम धनगढीका ११ वटा कार्यालयको विवरण केन्द्रमा पठाइएको शहरी विकास तथा भौतिक विभाग डिभिजन कार्यालयका प्रमुख रविन्द्र बोहराले बताए ।
कार्यालयले गरेको सिफारिशमा प्रदेश प्रमुखको सचिवालय र निवास, प्रदेशसभा भवन, मुख्य मन्त्री र प्रदेश प्रमुखको कार्यालय र निवास, मन्त्रालयहरु र मन्त्रीको निवास जस्ता संरचनाको विस्तृृत विवरण उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस