सिरहामा पशुपक्षी बीमा प्रभावकारी

Bima

लहान । सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ । 

कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३९१ पशु र तीन हजार ७०० भन्दा बढी कुखुराको बीमा गरिएको छ ।

आव २०७२/७३ देखि सिरहामा पशुपक्षी तथा बाली बीमा कार्यक्रम सञ्चालनमा छ । पशुपक्षीको बीमा कार्यक्रमअन्तर्गत चालु आवको साउनदेखि मंसिर सम्ममा लहानस्थित लुम्बिनी जनरल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा पशुपालक किसानले बीमा गराएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा काशीनाथ यादवले जानकारी दिए ।

उनका अनुसार सिरहामा पशुतर्फ १४० गाई, ६६ भैँसी, १८५ बाख्रा र १२ वटा बँगुरको बीमा गरिएको छ । बीमा कार्यक्रमअन्तर्गत बाली र पशुपक्षीको बीमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने र २५ प्रतिशत किसान स्वयंले तिर्नुपर्ने व्यवस्था रहेको प्रमुख डा यादवको भनाइ छ ।

बीमा कार्यक्रमअन्तर्गत चालु आवको हालसम्ममा पशुतर्फ १ करोड ५४ लाख ५८ हजार, पक्षी कुखुरातर्फ १३ लाख २३ हजारको बीमा भएको लहानस्थित लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका शाखा इन्चार्ज अनिलकुमार यादवले जानकारी दिए । उनका अनुसार बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत केही महिनाअघि कृषि बालीतर्फ धानबालीको समेत बीमा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...