सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रण बाहिर

Agolai 671x420

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। अर्का एक सम्पर्कविहीन रहेको पर्साका प्रहरी उपरीक्षक (एसपी) डा‍. गणेश रेग्मीले बताएका छन्।

उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाबाट गएको एउटा दमकल समेत जलेको छ। दमकल जल्दा कर्मचारी सविन नेपाल घाइते भएका छन्।

ग्यास उद्योगको आगलागी फैलिने क्रममा नियन्त्रणबाहिर गएको छ। उद्योगमा भरेर राखेका सयौं ग्यास सिलिण्डर पड्किरहेकाले अग्नि नियन्त्रकहरु समेत नजिक जान सकेका छैनन् ।

नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरी अग्नि नियन्त्रकहरुले आगो लागेको स्थानभन्दा २–३ सय मिटर परै बाट निभाउने प्रयास गरे पनि स्थित अनियन्त्रित रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए।

ग्यासमा लागेको आगो नियन्त्रण गर्ने प्रविधि नेपालमा नरहेको र भारतको रक्सौलबाट प्रविधि सहितको टोली स्थानिय प्रसाशनले झिकाउने कार्य भइरहेको आगो नियन्त्रणका लागि खटिएका नेपाली सेनाको चण्डीप्रसाद गण वीरगञ्जका क्याप्टेन भोगेन्द्रकुमार घलेले बताए । 

अागो नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिका, कलैया, सिमरा,र हेटौंडा उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका ५ वटा दमकलले प्रयास गरिरहेको  एसपी रेग्मीले बताए।  ग्यास उद्योगआसपासका पाँच गाउँलाई ‘हाई अलर्ट’ मा राखिएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा खटिएका सुरक्षाकर्मीले ग्यासमा सल्किएको आगो निभाउने एक प्रकारको केमिकल हुने भन्दै त्यस्तो प्रविधि नभएको प्रतिक्रया दिएका छन् । उनका अनुसार आगो निभाउनको तत्काल असम्भव देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...