कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउन आफू जस्तोसुकै लडाई लड्न तयार : बलदेव
कपिलवस्तु । सम्बन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको ठाउँलाई प्रदेश राजधानी बनाउन आफू जस्तोसुकै लडाई लड्न तयार रहेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओबादि केन्द्रका चक्रपाणि खनाल (बलदेव) बताएका छन् ।
उनले भने, ‘हरेक दृष्टिले कपिलवस्तु नै उपयुक्त स्थान भएकाले कपिलवस्तुलाइ प्रदेश राजधानी बनाउने कुरामा दुई मत नभएको बताए । शान्तिका अग्रदूत गौतमवुद्धसंगै क्रकुछन्द र कनकमुनि बुद्धकोसमेत जन्म कपिलवस्तुमा भएको हो, कपिलवस्तु पवित्र स्थल हो । वुद्धका अनुयायीहरुले पवित्र मान्ने कपिलवस्तु जिल्लालाई राजधानी बनाउन आफूले पनि पहल गन’ कांग्रेस नेता एवं भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले बताए ।
प्रदेश नम्बर ५ को राजधानी कहाँ भन्ने बहसले खासगरी तराईका ३ जिल्ला रुपन्देही, कपिलवस्तु र दाङलाई तताएको छ। आर्थिक रुपमा सबल मानिएका रुपन्देही र दाङको बीचमा रहेको कपिलवस्तुलाई खुल्ला संग्रहालय भन्दै प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क राजनीतिक नेताहरुले गरेका छन । भगवान गौतम बुद्धका बाबु शुद्धोधनको राज्यको राजधानी तिलौराकोट रहेको र बुद्धसंग सम्बन्धित सय भन्दा बढी पुरातात्विक स्थलहरु जिल्लामा रहेकोले कपिलवस्तु राजधानी बन्नुपर्छ भन्ने धारणा पनि आएको छ ।
प्रतिकृया दिनुहोस