हुस्सु र चिसोले कष्टकर बन्दै जनजीवन

Jado cold

लाहन । ४ बाक्लो हुस्सुसँगै बढेको चिसोले मध्य तराईको जनजीवन प्रभावित बनेको छ। चिसोले गरीब तथा विपन्न समुदायका मानिस बढी प्रभावित बनेका छन्।

सिरहा, सप्तरीलगायतका जिल्लामा चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ।

चिसो बढेपछि गाउँघर र शहर बजारको ठाउँ–ठउँमा आगो बालेर ताप्नेहरुको संख्या बढ्दो छ। बढ्दो चिसोले मानिसहरु अति जरुरी कामबाहेक बाहिर निस्किन सकिरहेका छैनन्। गत शनिबार बिहानदेखि नै राम्ररी घाम नलाग्दा दैनिकी कष्टकर बन्दै गएको छ।

प्रतिकृया दिनुहोस