बागलुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने

Blng

बागलुङ । पाँचौँ बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ । आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पस परिसरमा हुने महोत्सवमा राष्ट्रियस्तरको लोकदोहोरी, भलिबललगायत प्रतियोगिता, स्थानीय उत्पादनसँगै सूचना, प्रविधिसम्बन्धी परामर्श, प्रदर्शनी र बिक्री कक्ष राखिने छ । चार नं प्रदेशकै पहिचान झल्कने कला, संस्कृति र तस्वीर प्रदर्शनी र प्रतियोगिता पनि राखिने छ ।

महोत्सव हेर्न आउने दर्शकलाई हेलिकप्टरबाट नजिकका पर्यटकीय गन्तव्य घुमाउने योजनासमेत राखिएको संघका द्वितीय उपाध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...