प्रदेशको राजधानी माग्दै मन्त्री नै बसे धर्नामा

Dkt 4

धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै उद्योग मन्त्री नै धर्नामा बसेका छन् ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन थालिएको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उद्योग मन्त्री सुनीलबहादुर थापा मंगलबार राजधानीको माइतीघर मण्डलामा १ घण्टा धर्नामा बसेका हुन् ।

सो धर्नामा धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र राई, प्रदेश नं. क का नवनिर्वाचित सांसद निरन राई, ख का नवनिर्वाचित सांसद इन्द्रमणी पराजुली, पूर्व सभासदहरु उदय नेपाली श्रेष्ठ, मनोहर नारायण श्रेष्ठ, लगायतका धनकुटेलीहरुले विहान ८ बजेदेखि माइतीघर मण्डलामा १ घण्टा धर्ना दिएका थिए ।

सो धर्नामा धनकुटाबाट काठमाडौंमा बसोबास गर्ने धनकुटेली, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, नेपाल अर्वुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र श्रेष्ठ, साग खेलका स्वर्ण पदक विजेता कुशल श्रेष्ठ लगायतले धनकुटालाई प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन माग गरेका थिए ।

त्यसैगरी धनकुटाबाट आएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । नवनिर्वाचित सांसदहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा लगायतले  धनकुटालाई प्रदशको राजधानी बनाउन माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...