फिलिपिन्समा आँधी र पहिरोमा परी २६ को मृत्यु

 95349566 cyclone

मनिला । फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधी र पहिरोका कारण कम्तीमा २६ व्यक्तिको मृत्यु भएको छ ।

यस प्राकृतिक प्रकोपका कारण अरु कम्तीमा पनि ४६ जना नागरिक हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

यस काइ–ताक नामक तथा त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

बिलिरन, लेएटे पूर्वी समार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । भीषण आँधी र पहिरोको कारण ४६ व्यक्ति बेपत्ता भएका छन् ।

बेपत्ता भएका व्यक्तिहरु फिलिपिन्सको मध्य प्रान्त रोमब्लोनका रहेका जनाइएको छ । फिलिपिन्सका केही प्रान्तहरुमा गत शनिबारबाट शुरु भएको बर्षापछि बाढी र पहिरोले सताएको हो ।

शनिबारबाट सुरु भएको यस आँधीको कारण कैयौँ उडानहरु र डुङ्गाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...