माओवादी केन्द्रको बैठक सुरु
काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अपेक्षा अनुरुपनै सफलता हात पारेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ।
निर्वाचनको समिक्षा गर्दै नयाँ सरकार गठन र एमालेसँगको एकताबारे पार्टीको ठोस धारणा तय गर्न माओवादी केन्द्रले सोमबार पार्टी केन्द्रिय समिति बैठक बोलाएको हो।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुले निर्वाचन परिणामबाट प्राप्त सफलता, सरकार गठन र एमालेसँगको एकता प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा पार्टी नेतृत्वलाई सुझाव दिइरहेका छन्।
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार अघि बढन पार्टीभित्र औपचारिक छलफल सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ।
प्रतिकृया दिनुहोस