राष्ट्रिय सभाको निर्वाचन सम्पन्ननभएसम्म सरकार छोड्दैनौं : कानूनमन्त्री थापा

Mkk 1986

काठमाडौँ । कानून, न्यायतथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्ननभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रीथापाले भने,‘यो चुनावी सरकार हो, राष्ट्रिय सभाको निर्वाचन गर्न बाँकी नै छ, हामी निर्वाचन सम्पन्न गरेर मात्रै सरकार छाड्छौं, केयर टेकेर गर्भमेन्ट भन्नुहुन्छ भने पनि हामी केयरफुल्ली केयर गरिरहेका छौं, निर्वाचन आयोगले पूर्ण मत परिणाम सार्वजनिक गरेको छैन।’

उनले भने ‘प्रधानमन्त्री देउवाले चाहेर पनि अहिले सरकार छोड्न नपाउने जिकिर गरे । ‘देउवाले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्नपाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन।’

यद्धपी उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरुले सर्लक्कै सरकार छोड्न तयार रहेको स्पष्ट पारे । उनले ओली र प्रचण्डले अहिल्यै नै कुर्सी छोड भनेर देउवाको राजिनामा माँग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको समेत आरोप लगाए ।

सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यायदेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको उनको टिप्पणी थियो । उनले भने,‘म अहिले पनि ठण्डा भएर भन्छु राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्विकृत गर्नैपर्छ, सरकारसँग पनिअर्को विकल्प छैन।’

मन्त्रीथापाले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म सरकार आफूहरुले नछोड्ने उद्धघोष गरे । उनले भने,‘निर्वाचन नगरी सुखै छैन, त्यसको लागि अध्यादेश पारित नगरी सुखै छैन, राष्ट्रिय सभाको गठन नभएसम्म सरकार गठन गर्न मिल्दैन्।’ उनले एकल संक्रमणीय व्यवस्थाबारे पर्याप्त बहस भएको समेत जिकिर गरे । उनले थपे,‘त्यतिवेला असंवैधानिक भनेर कतै आवाज सुनिएन, अहिले कोकोहोलो मच्याउने काम भैरहेको छ, बटारेर र बंग्याएर बहस गर्नु अनुचित हुन्छ।’

उनले सरकारले उक्त अध्यादेश संविधान सम्म्त रुपमा राष्ट्रपति समक्ष पठाएको भन्दै त्यसलाई स्किृत गर्नुको राष्ट्रिपतिसँग विकल्प नभएको स्पष्ट पारे । उनले भने,‘यस विषयमा मैले बिचको बाटो देखेको छैन, चक्रव्यूहमाफस्नु राम्रो कुरा होईन।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...