प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेटवार्ता

Pm deuuba

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो ।

राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस