सिंहदरबार बाटै सरकारी गाडीको टायर चोरी

Gadi

काठमाडौँ । सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिने सिंहदरबारमा गाडीको टायर चोरी भएको छ ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए ।

तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबै अचम्मित परेका छन् । गाडी पार्किङ गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल मुस्किलले २० मिटरको दुरीमा छ ।

प्रहरीले भने चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने आशंका गरेको छ ।अरुलाई गाडीका पार्टपूर्जा सम्बन्धी जानकारी नहुँने भएकोले ड्राइभरहरुले नै यस्तो गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...