काभ्रेपलाञ्चोकमा ४६ जनाको जमानत जफत

बनेपा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ क मा ५ जना, प्रतिनिधिसभा क्षेत्र नं १ ख मा ८ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा ९ जना, प्रतिनिधिसभा क्षेत्र नं २ क मा ५ जना र प्रतिनिधिसभा क्षेत्र नं २ ख मा छ जनाको जमानत जफत भएको हो ।

देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा माले, विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनता पार्टी र स्वतन्त्रसहित विभिन्न साना राजनीतिक दलको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सदर मतको १० प्रतिशत मत नभए जमानत जफत हुने कानूनी प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १५ दल, प्रतिनिधिसभा क्षेत्र नं १ क मा ७ जना, प्रतिनिधिसभा क्षेत्र नं १ख मा १० जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा ११ जना, प्रतिनिधिसभा क्षेत्र नं २ क मा ७ जना र प्रतिनिधिसभा क्षेत्र नं २ ख मा ८ जनाको उम्मेदवारी परेको थियो । दलका उम्मेदवारले प्रतिनिधिसभाका लागि १० हजार र प्रदेशसभाका लागि ५ हजार जमानत बुझाएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...