समानुपातिकमा एमाले ५२ हजार मतले अगाडि

समानुपातिकमा खुम्चियो माओवादी

Nirwachan ayog

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभामा पहिलो बनेको नेकपा एमाले समानुपातिकमा नेपाली कांग्रेसभन्दा अगाडी देखिएको छ ।

१० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणाली तर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले एमालेले अग्रता कायमै छ ।

शनिवार विहान ७ः३० बजेसम्म एमालेले ३१ लाख १२ हजार ७ सय ४७ मत पाउँदा नेपाली कांग्रेसले ३० लाख ६० हजार ८ सय ५० मत पाएको छ ।

प्रत्यक्षतर्फ दोस्रो बनेको नेकपा माओवादी केन्द्र भने समानुपातिकमा निक्कै खुम्चिएको छ । माओवादी केन्द्रले हालसम्म १२ लाख ७३ हजार ७ सय ७१ मत मात्रै ल्याएको छ । वाम गठबन्धनबाट निर्वाचनमा सहभागी बन्दा दोस्रो बनेको माओवादी केन्द्र समानुपातिकमा भने नेपाली कांग्रेसभन्दा झण्डै १८ लाख मतको अन्तरले पछाडी परेको छ ।

दोस्रो चरणमा भएको निर्वाचनमा प्रदेश नं. २ लाई मुख्य केन्द्र विन्दु बनाएका मधेशी दलहरुले पनि आशा गरेको जस्तो मत ल्याउन सकेको पाइएन । संघीय समाजवादी फोरमले नेपालले ४ लाख ५९ हजार ७१ मत प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५ सय २९ मत ल्याएको छ ।

यता, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ४ सय ९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ८ सय ७२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...