मुस्लिम समुदायलाई सरकारमा सहभागी गराउन माग

Muslim news

काठमाडौं । मुस्लिम राष्ट्रिय संघर्ष गठबन्धनका अध्यक्ष समिम मियाँ अन्सारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमाले सल्लाहकार परिषद सदस्यसमेत रहेका अन्सारीले ओलीसँगको भेटमा मुस्लिम समुदायलाई अव बन्ने सरकारमा सहभागी गराउन माग गरे । उनले राज्यले मुस्लिमहरुलाई शाषन सत्तामा पु¥याउन सधैं आनाकानी गर्ने गरेका कारण वाम गठबन्धनले मुस्लिम समुदायलाई सरकारमा लैजानेमा आफु विश्वास्त रहेको बताए ।

एमाले अध्यक्ष ओलीले अब बन्ने सरकारमा मुस्लिम समुदायबाट जसरी पनि सरकारमा सहभागिता गराउने प्रतिवद्धता जनाए । ओलीले सबै जातजाति, धर्म र विभिन् समुदायको लागि वाम गठबन्धनले उचित न्याय दिने बताए ।

ओलीले सो प्रतिवद्धता जनाएसँगै अन्सारी मन्त्री बन्ने पक्कापक्की भएको छ । अन्सारी अल्पसंख्यक मुस्लिम समुदायबाट समानुपातिकमा पहिलो नम्ब्मा राखिएको छ । अन्सारी राजपाको सहमहामन्त्री भएको बेला नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि उनको ओलीसँग अत्यन्तै घनिष्ट सम्बन्ध रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...