कहिले गर्छ कांग्रेसले आत्म समिक्षा ?
जसले कांग्रेसलाई पहिलेकै धारमा फर्काओस्
‘कांग्रेसले हा¥यो । सकियो । पत्तासाफ भया अब कांग्रेस माथि उठ्दैन् ।’ अहिले सबैको मुखमा त्यही छ । यसले कांग्रेसीहरुको मन दुख्नु स्वभासिवकै हो । किनभने १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाकृत नतिजा ल्याउन सकेन ।
बजारमा अनेकथरी टिकाटिप्प्णहरु भइरहेका छन् । किन यसरी हल्का टिप्पणी भइरहेको छ ? कहाँ र कसरी हा¥यो कांग्रेस ? चुनावभन्दा मुलुकलाई निकास दिने काम नै मुख्य हो । तर अहिले सीट जित्न नसकेकोमा आलोचना भइरहेका छन् । जिम्मेवार पार्टीको भूमिका सीट जित्ने मात्र हुन्छ र ? यदी कसैले सीट संख्याको विश्लेषण गरेर कांग्रेसले हारेको टिप्पणी गर्छ भने त्यस्ता टिप्पणी अर्थहीन हुन्छ ।
यदी देशभरबाट नेपाली कांग्रेसलाई प्राप्त भएको मतलाई हेर्ने हो भने कांग्रेसले कही पनि हारेको छैन । २०७० को चुनावमा नेपाली कांग्रेसले ल्याएको सीट र जम्मा मतलाई फर्केर हेर्न जरुरी छ । त्यसबेला नेपाली कांग्रेसले प्रत्यक्षमा ९१ सीट ल्याएको थियो । त्यसबेला समानुपातिकमा नेपाली कांग्रेसले २४ लाख १८ हजार २ सय ७० मत ल्याएको थियो भने एमालेले २२ लाख ३९ हजार ६ सय ९ मत आएको थियो । अहिले पनि २९ लाख भन्दा बढी मतदाताले नेपाली कांग्रेसलाई रुचाएका छन् ।
जस्तो अहिले नआएको पक्कै हो । तर, पहिले जस्तो भएन भनेर सत्तोसराप गर्नु उपयुक्त होइन । हल्का ढंगले त्यसरी टिप्पणी गरिँदा लाखौ नेपाली कांग्रेसलाई मत हाल्ने मतदाताको मन दुख्न सक्छ र दुखेको पनि छ । कांग्रेसलाई मत दिने मतदाताको मन दुखाउने अधिकार कसैलाई छैन ।
कांग्रेसलाई रोक्न चुनावको मुखैमा दुई ठूला वाम शक्तिहरुको एकता भएको थियो । त्यसलाई कांग्रेसी कार्यकर्ताहरुले फर्केर हेर्नुपर्छ । त्यस्तो विषम् अवस्थामा पनि पार्टीले सम्मानजनक स्थान पाएको छ । प्रत्यक्षमा अपेक्षा अनुरुप जित हात पार्न नसके पनि समानुपातिकमा विगतको भन्दा राम्रो मत आएको छ । जुन कुरा समिक्षा गर्न जरुरी छ । कांग्रेस पत्तासाफ भएको देख्न चाहनेलाई इमान्दार कांग्रेसीहरुले गतिलो जवाफ दिन सक्नुपर्छ कि विगतमा देशलाई अफ्ठेरो पर्दा कांग्रेसले नै हो निकास दिएको हो भनेर ।
आत्म समिक्षा जरुरी
अहिले कांग्रेसभित्र अनेक तर्क वितर्क भइरहेका छन् । आलोचना पनि भइरहेका छन् । अहिलेको मत परिणामलाई हेरेर अनावश्यक टिकाटिप्प्णी गर्न काम कांग्रेस भित्रबाट हुनुहुन्न । वामको घेराबन्दीमा देशभरका मतदाताले कांग्रेसप्रति व्यक्त गरेको मतलाई पनि हेर्नुपर्छ । वामको तारबार छिचोल्दै बिजयी हासिल गर्ने कांग्रेसका योद्धाहरुलाई अघि बढ्ने प्रेरणा दिन सक्नुपर्छ । हौसला दिन सक्नुपर्छ ।
कांग्रेसलाई जोगाउन तपाईले पनि त्यतिकै खट्नु भयो । सबैले उत्तिकै खटेकै हो । तर, अहिले कसले घात ग¥यो वा गरेन भनेर आलोचना गर्नुभन्दा विगतका तिता अनुभवलाई विर्सेर सुन्दर भविश्यको रेखा कोर्नुपर्छ । अहिले वाम शक्तिहरुले ल्याएको सीटलाई देखेर कांग्रेसलाई त्यसैसँग तुलना गर्दै हुनुहुन्छ भने त्यो गल्ती हुनेछ । कुनै एजेण्डा विना एमालेले कसरी त्यतिका धेरै सीट जित्यो भनेर फर्केर हेर्नसक्नु पर्छ ।
केही प्रश्न
कामको भरमा हैन, भाषणको भरमा वाम गठबन्धनले मत ल्याएको हो भन्नेमा तपाँई कति सहमत हुनुहुन्छ ? बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला जस्ता नेतृत्वले गरेको सही कदमले नेपालमा लोकतन्त्रको जग बसालिएको हो । यो कुराको मनन् गर्ने कि नगर्ने ? उहाँहरुले मुलुकको हितका लागि गर्नुभएको कामबारे कहिले घोत्लिने होला ?
कृष्णप्रसाद भट्टराई जसले मुलुकको हितमा मात्रै काम गरे । उहाँ जस्ता महामानव, लौहपुरुष, सर्वमान्य नेता र सन्त नेताले मुलुकका लागि जे काम गर्नु भएको छ, त्यसलाई फर्केर हेर्ने कि नहेर्ने ?
उहाँहरुले कहिले पनि नीजि कामलाई ध्यान दिनुभएन । आफ्नो जीवन नै मुलुकको हितको लागि लगानी गर्ने नेतृत्व कांग्रेसमै थिए र अहिले पनि छन् । राणा शासनको अन्त्य कसरी भयो ? १० वर्षसम्म सशस्त्र युद्ध गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर लोकतन्त्रलाई संस्थागत गर्ने काम नेपाली कांग्रेसबाटै भएको छ । यसलाई हामी किन बिर्सिदैछौ ?
माओवादीले मान्छे मार्दा, शिक्षकलाई रुखमा झुण्ड्याएर हत्या गर्दा, दाजुभाईको हत्या गर्दा, हिड्ने, बोल्ने, बस्ने अनि सम्पत्तिको अधिकार कुण्ठित हुँदा, चरम अत्याचार हुँदा, जनताको रुवाबासीलाई कुनै पार्टीले सम्बोधन गर्न सकेनन् । त्यतिबेला रुवावासी गर्नेमा धेरै त कांग्रेसीहरु नै थिए, होइन र ? अहिले त त्यस्तो अवस्था छैन नि ।
विगतमा पनि आफू र पार्टी हारेर गिरिजाप्रसाद कोइरालाले मुलुक र जनतालाई बचाएका थिए । तर त्यतिबेला पनि हामीले नेतृत्वलाई दोष थुपारेका थियौं । ठूलै आलोचना पनि भयो । त्यति बेला कांग्रसले खेलेको भूमिकाको खै हामीले जनतालाई बुझाउन सक्यौ ? अन्य पार्टीले कांग्रेसका एजेण्डालाई प्रचार गरिरहँदा कहिलेसम्म मख्ख परिरहने ?
गिरिजाप्रसाद कोइरालापछि कति पटक सरका फेरिए ? त्यसबाट जनताले के पाए ? त्यतातिर फर्केर हेरौं त । जनताको अभिभारा पूरा नगरी संविधानसभा विघटीत भयो । संविधासभाको पुनः चुनाव गरेर नेपाली जनताको चाहना बमोजिमको संपिधान कांग्रेसले नै होइन ल्याएको ? अन्य पार्टीले नसकेको अभिभारा सुशील कोइरालाले चुनौतिको सामना गर्दै संविधान जारी गरेर पूरा गरे । के त्यसलाई हामी कांग्रेसीहरुले सजिलै भुल्न मिल्छ ?
अबको बाटो
तर, यसो भन्दैमा पार्टी भित्र समस्या छैन भन्ने हैन । पार्टीभित्र आन्तरिक समस्या धेरै छन् । ति समस्या सामधान गर्ने पनि विधि र पद्धति छन् । सार्वजनिक रुपमा नभई पार्टीले आन्तरिक रुपमा समाधान गर्नुपर्दछ । पार्टीका राम्रा कामलाई प्रचार गर्ने र गल्ती भए पार्टीभित्रै छलफल गरी समस्या सामधान गरिनुपर्छ । सबैभन्दा पहिले नेपाली कांग्रेसले मत परिणाम सार्वजनिक भइसकेपछि त्यसको पार्टीभित्र गम्भिर समिक्षा गर्नु आवश्यक छ ।
पार्टीले कहाँ गल्ती ग¥यो र कहाँ राम्रो ग¥यो ? कार्यकर्ताको उत्साह जगाउने काम केके गर्न सक्यो ? बिपक्षी दलबारे पार्टीले बनाएको धारणा कति प्रभावकारी बन्न सक्यो ? त्यस बिषयमा पनि खुलेरै छलफल हुनु जरुरी छ । पार्टी नेतृत्वले अबका दिनमा पार्टीले खेल्ने भुमिका निर्धारण गर्नुपर्दछ । बैचारिक बहसमा खारिएको नेतृत्वलाई जिम्मेवारी दिनुपर्दछ ।
कांग्रेसका नेता कार्यकतालाई नेतासँग हैन, जनतासम्म पुग्ने बातावरण बनाउनुपर्दछ । कांग्रेसको संगठन बिस्तारको लागि केन्द्र, क्षेत्र, जिल्ला, वडा, गाउँ तहसम्म बिस्तार गरी नेपाली कांग्रेसका कार्यकर्ताको थ्याङक अध्यावधिक गर्नुपर्छ । संगठन बलियो बनाउँदै सदस्यहरुलाई कामको आधारमा उचित जिम्मेवारी दिने र लेबिलाई नियमित गर्ने काम थाल्नुपर्छ ।
सबैले पार्टीभित्र आकर्षण जगाई युवालाई पार्टी केन्द्रीत गर्नुपर्दछ । नेपाली कांग्रेसको आधिकारिक धारणा बाहिर ल्याउन पार्टी पद्धतिबाटै जानुपर्छ । गुट उपगुट, टाढा, नजिकको सम्बन्ध नभई पार्टीमा समान दृष्टिकोणले हेर्ने धारणाको बिकास गर्नुपर्छ । कांग्रेस पार्टीको चरित्रको बारेमा घर–घर र व्यक्ति–व्यक्तिसम्म बिचार पु¥याउनुपर्छ ।
प्रतिकृया दिनुहोस