आगलागीमा २ लाख ५० हजारको क्षति

Aaglagi

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ ।

स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उनको एकतले घर र नजिकै रहेको शरद अन्सारीको एकतले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जियाहुद्दिन र शरदको घरमा आगलागी भएपछि घरमा रहेको अन्नपात, लत्ताकपडा, फर्निचर सामग्रीलगायतका सामान पूर्णरुपले जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

आगलागी इनरुवा नगरपालिकाबाट गएको वारुण यन्त्र, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...