लमजुङमा १९ उम्मेदवारको धरौटी जफत

Lamjung

लमजुङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १९ जनाको धरौटी जफत भएको छ ।

कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

जिल्लामा प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेकामा नौ जनाको धरौटी जफत भएको छ । प्रदेशसभा कबाट उम्मेदवारी दिएका ६ जनामध्ये ४ र खबाट ८ मध्ये ६ जनाको धरौटी जफत भएको हो ।

जिल्लामा नेकपा एमालेका दुई, नेपाली काँग्रेसका तीन र नेकपा माओवादी केन्द्रका एकजना उम्मेदवारको मात्र कानूनबमोजिम धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए ।

धरौटी जफत हुने उम्मेदवारले प्रतिनिधि र प्रदेशसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । प्रतिनिधिसभातर्फ मत ७७ हजार १६४ मत खसेकामा ७४ हजार ५८० मत सदर भएको थियो ।

यस्तै प्रदेशसभा क तर्फ ३६ हजार ८७१ मत खसेकामा ३५ हजार ३९७ मत सदर भएको थियो भने प्रदेश सभा ख तर्फ ४१ हजार २७२ मत खसेकामा ३९ हजार ४४७ मत सदर थियो ।

प्रतिनिधिसभामा धरौटी जफत हुनेमध्ये पनि सबैभन्दा बढी मत नेकपा जनसमाजवादी पार्टीका निरजन कुँवरले १ हजार ४ सय मत ल्याएका छन् ।

प्रदेश क मा नयाँ शक्ति पार्टीका राजु थापाले ४९९ र प्रदेश खमा स्वतन्त्र उम्मेदवार उत्तम गुरुङले ३२३ मत ल्याए । थियो । अन्यले सो बाहेक कम मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...