कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि
कालीकोट । पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको। समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा एमालेले १० हजार ९७८, नेपाली काँग्रेसले ६ हजार ५०३, राप्रपा २ हजार ८५१ र राप्रपा प्रजातान्त्रिक १ हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताए ।
उनले प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रको ४ हजार ७९७, एमाले ४ हजार ६ सय र नेपाली काँग्रेसलाई १ हजार ५६० मत प्राप्त भएको बताए ।
त्यसैगरी, प्रदेशसभा क्षेत्र ख मा माओवादी केन्द्रले ६ हजार १८, एमाले ५ हजार ४३९ र काँग्रेसले ४ हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा क मा एमालेका कुर्मराज शाही र प्रदेशसभा खमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
प्रतिकृया दिनुहोस