चितवनमा समानुपातिक तर्फ एमाले पहिलो

Uml win

चितवन । जिल्लामा भएको समानुपतिकतर्फको मतगणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । हालसम्म गणना गरिएको ३९ हजार १५६ मतमध्ये एमालेले १३ हजार ९४८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १२ हजार ७८४ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ७ हजार २७३ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले १ हजार १९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभातर्फ भने नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । काँग्रेसले १३ हजार १९० मत प्राप्त गरेको छ भने एमालेले ११ हजार ९४२ मत प्राप्त गरेको छ ।

यता माओवादी केन्द्रले भने ७ हजार ५४८ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले १ हजार १९८ मत प्राप्त गरेको छ । जिल्लाका तीन क्षेत्र र ६ प्रदेशमा सबै वाम गठबन्धनका उम्मेदवारले प्रत्यक्षमा विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...