भोजपुरमा समानुपातिक तर्फ एमाले अग्रता

Eml

भोजपुर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिक तर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९०८ मत खसे पनि ९ हजार १५ मत बदर भएको थियो ।

प्रदेशसभा क मा एमालेले १२ हजार १९१, काँग्रेसले ७ हजार ९६० मत र माओवादी केन्द्रले ४ हजार ९३७ मत ल्याएको छ । प्रदेशसभा ख मा भने एमालेले ११ हजार ३३१, काँग्रेसले ५ हजार ५४४ र माओवादी केन्द्रले ६ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...