महोत्तरी ४ ‘क’ मा फोरम र क्षेत्र नं २ र ३ नं प्रदेशसभा ‘क’ र ‘ख’ मा राजपा विजयी

F n r

गौशाला । महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजयी भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपालका नेता कौशलकुमार यादवले ९ हजार २७७ मत ल्याएर विजयी भएका हुन ।

त्यस्तै उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोखुल राय यादवले ९ हजार ३९३ मत ल्याएका हुन यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को मतगणना अझै जारी रहेको छ ।
यसैगरी महोत्तरी जिल्लाको क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा राजपा नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ मा राजपा नेपालका अभिराम शर्माले ९ हजार १ सय १७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामआधार कापरले ५ हजार ५ सय ९ ल्याएका छन् ।

त्यस्तै प्रदेशसभा ‘ख’ मा पनि राजपा नेपालकै रानीकुमारी तिवारीले ७ हजार ४ सय ३० मत ल्याएर विजयी भएका छन्, भने उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सुरेश साह सोनारले ५ हजार ५ सय ९८ मत ल्याएका छन् ।

यसअघि गएराति करिब ७ बजे यस क्षेत्र निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा राजपा नेपालका संयाजक महन्थ ठाकुरले २७ हजार ५ मत ल्याएर विजयी भएका छन् ।

महोत्तरी जिल्ला क्षेत्र नं २ मा राजपा नेपालको प्यानल विजयी भएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले ३० हजार ७२२ मत ल्याएर विजयीभएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नं २ को प्रदेश सभा क मा राजपा नेपालकै जयनुल राइनले १४ हजार ५५६ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशीलकुमार यादवले ६ हजार ४७८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा ख मा पनि राजपा नेपालकै सुरिताकुमारी साह १५ हजार ४४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै राजकरणप्रसाद साह सुडीले ६ हजार ४९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...