महोत्तरीको ४ ‘ख’ बाट फोरमका सिंह विजयी

संघीय समाजवादी फोरम नेपाल

गौशाला । महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका सरोज सिंह विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलकाअनुसार संघीय समाजवादी फोरम नेपालका सरोज सिंहले ७ हजार ५५५ मत ल्याएर विजयी भएका हुन ।

उनको निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका सरोज यादवले ५ हजार ७९ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस