लमजुङमा करिब ५ हजार मत बदर

मतदाता शिक्षा

लमजुङ । मतदाता शिक्षा प्रभावकारी नहुँदा लमजुङमा करिब ५ हजार मत बदर भएको पाइएको छ । प्रतिनिधि र प्रदेशसभा गरी ४ हजार ९३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार १ लाख १५ हजार ४४९ मत रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७७ हजार १६४ मत खसेको थियो सोमध्ये २ हजार ५८५ मत बदर भएको छ ।

यस्तै ५४ हजार ८९७ मतदाता रहेको प्रदेशसभा ‘क’ मा ३६ हजार ८७१ मत खसेको थियो भने एकहजार ४७४ मत बदर भएको थियो । यसैगरी ६० हजार ५५२ मत रहेको प्रदेशसभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो भने ८७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धेरै मात्रामा मत बदर हुनुमा जिल्लामा निर्धारित तालिका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्ला निर्वाचन कार्यालयको दाबी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...