भक्तपुर १ को प्रदेश ‘क’ मा वाम र ‘ख’ मा नेमकिपा विजयी

नगरकोट । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका हरिशरण लामिछाने विजयी भएका छन् । उनी १२ हजार ७८९ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका जीवन खत्रीले ९ हजार ९७४ मत प्राप्त गरेका छन् । त्यस्तै, ७ हजार १९ मत ल्याएर नेमकिपाका नीरज लवजू तेस्रो स्थानमा रहेका छन् ।

यस प्रदेशमा कूल ३८ हजार ९७६ मतदाता थिए जसमध्ये २९ हजार ३३१ मत खसेको थियो ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा भने नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसार्इं भारी मतले विजयी भएका छन् । गोसाईं २३ हजार ८८६ मत ल्याई विजयी भएका हुन । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार रोमन शिलाकार ८ हजार ६८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्, भने काँग्रेसका उम्मेदवार अनिल भुजू ५ हजार ४४३ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

यस प्रदेशमा ५५ हजार १८८ मतदाता रहेका थिए । भक्तपुरका चार प्रदेशमध्ये यस प्रदेशमा जिल्लामै सबैभन्दा बढी मत खसेको थियो । यहाँ ७७.३१ प्रतिशत अर्थात् ४२ हजार ६६५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा १० हजारभन्दा बढी मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...