काँग्रेसका डा खड्का विजयी

Udypur 25

उदयपुर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा. नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । काँग्रेसका डा खड्काले मञ्जुकुमारीलाई ५४८ मतको अन्तरमा पराजित गरेका हुन ।

खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर ३ पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै यो पटक हाट्रिक नै गरेका छन् ।

अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं २ मा वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं १ मा प्रदेशसभा ख २ र प्रतिनिधिसभामा काँग्रेसले विजय हासिल गरेको छ भने क्षेत्र नं १ कै क १ प्रदेशसभामा वाम गठबन्धनको विजय भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...