भत्किएको कांग्रेस गढका एक्ला विजेता
काठमाडौं । संविधानसभा चुनाव २०७० मा जिल्लाका पाँचै क्षेत्रमा विजयी भएको कांग्रेस यसपटक एउटा प्रदेशसभामै खुम्चिएको छ ।
जिल्लाका प्रतिनिधि र प्रदेशसभा गरी ९ क्षेत्रमध्ये ८ मा वाम गठबन्धनले विजय हासिल गरेको छ । ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामध्ये कांग्रेसले प्रदेशसभामा एक सिट मात्र जितेको छ ।
दाङ १ को प्रतिनिधिसभातर्फ एमालेका मेटमणि चौधरी, २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र ३ मा एमालेका हीराचन्द्र केसी विजयी भएका छन् ।
प्रदेशसभातर्फ १ को ९क० मा माओवादी केन्द्रका इन्द्रजित थारू, ९ख० मा एमालेका रेवतीरमण शर्मा, २ को ९क० मा एमालेका शंकर पोखरेल, ९ख० मा एमालेकै अमरबहादुर डाँगी र ३ को ९ख० मा एमालेका उत्तरकुमार ओली विजयी भएका छन् । क्षेत्र ३ को ९क० मा भने कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी भएका छन् ।यो खबर आजको कान्तिपुरमा छ ।
एक्ला विजेता
जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा हार व्यहोरेको कांग्रेसले प्रदेशमा एक सिट भने जित हात पार्यो । निर्वाचन क्षेत्र ३ को प्रदेश ९क० बाट डिल्लीबहादुर चौधरी विजयी भए । चौधरी २ हजार ३ सय ३६ मतान्तरले विजयी भए ।
उनले १७ हजार ३६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगप्रसाद शर्माले १४ हजार ७ सय मत प्राप्त गरे । हाल श्रम तथा रोजगार राज्यमन्त्री रहेका चौधरी जिल्लाभर वाम गठबन्धनले जित्दा एक्लै खाता खोल्न सफल भएका हुन् ।
जिल्लामा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसिँचाइमन्त्री दीपक गिरीका साथै पूर्वसांसद राजु खनाल, सुशीला चौधरी र बुद्धिराम भण्डारीसमेत पराजित भए ।
लामो समय सामाजिक संस्थामा क्रियाशील चौधरी राजनीतिमा आएर २०७० मा पहिलोपटक समानुपातिक सभासद भएका थिए । अहिले प्रत्यक्ष निर्वाचनमा सहभागी भई विजयी भए ।
प्रतिकृया दिनुहोस