प्यूठानका दुबै प्रदेशमा बामको जित
प्यूठान । जिल्लाको दुइ वटै प्रदेश सभामा संयुक्त बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।उनीहरुले भारी मतान्तरका साथ प्रदेशसभा सदस्यमा जित हासिल गरेका छन् ।
एउटा प्रतिनिधी सभा र दुइवटा प्रदेश सभा गरि ३ सिट रहेको प्यूठान जिल्लामा प्रदेश सभा क बाट नेकपा एमालेका हरि प्रसाद रिजाल र प्रदेशसभा ख तर्फ माओवादी केन्द्रका कृष्णध्वज खड्काले बाजि मारेका हुन् ।
रिजालले २४ हजार ७ सय ३४ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेक प्रसाद भण्डारीले १२ हजार ६३८ मतमा चित्त बुझाउनुपर्यो । रिजालले १२ हजार ९६ मतले भण्डारिलाइ पछि पारेका हुन् । उनले मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरेका थिए।
त्यस्तै प्रदेश सभा ख मा माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का झण्डै दोब्बर मतान्तर सहित विजयी भए। ४७ हजार ७ सय २९ मत खसेकोमा उनले २७ हजार ९ सय १० मत ल्याएर जितेका हुन् । नेपाली काँग्रेसका अमर भण्डारीले १४ हजार १६६ मात्र पाए ।
१३ हजार ७ सय ४४ को फराकिलो मतान्तरमा खडका बिजयि भएका हुन। प्रदेशसभा क मा २ हजार २ सय ३५ मत र प्रदेशसभा ख मा २ हजार ९ सय ३१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।
प्रदेश सभा तर्फ विजयी दुवै उम्मेदवारहरुलाई जिल्ला समन्वय समिति खलंगाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी आजै प्रमाणपत्र प्रदान गरिएको छ। प्रतिनिधीसभा तर्फको मतगणना जारी नै छ।
यहाँ मतगणनाको सुरुवात देखि नै बाम गठबन्धन कि उम्मेद्धवार दुर्गा पौडेल अगाडि छन् । काङ्ग्रेसका गोबिन्दराज पोख्रेल उनलाइ भेटाउने कसरतमा छन् । यो समाचार तयार पार्दा सम्म पौडेलले ६ हजार २ सय ९२ को अन्तरले अग्रता लिइरहेकी छिन्।राष्ट्रीय जनमोर्चा कि नेतृ पौडेलले २५ हजार ४ सय ७६ मत ल्याएकी छन्, भने काङ्ग्रेसका डा. पोख्रेलको १९ हजार १ सय ८४ मतले पच्छाइरहेका छन्।यहाँ प्रतिनिधीसभा तर्फ ९० हजार ५ सय ४० मत खसेमा ६० प्रतिशत भन्दा बढी मत गणना गरिसकिएको जनाइएको छ।
प्रतिकृया दिनुहोस