सिन्धुपाल्चोकमा प्रदेशसभातर्फ वाम गठबन्धन बढी स्थानमा विजयी

Bam 24

चौतारा । सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनमा अधिकांश स्थानमा वाम गठबन्धन विजयी भएका छन् ।

दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभा सदस्य रहेको सिन्धुपाल्चोकको क्षेत्र नं १, प्रदेशसभा सदस्य क मा नेकपा एमालेका अरुणप्रसाद नेपालले २१ ह्जार ७१२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका विष्णुबहादुर खत्रीले १४ हजार ६३३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य ख मा एमालेकै सुरेश नेपालले २२ हजार ८३७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्धन्द िकाँग्रेसकै राजेन्द्रकुमार श्रेष्ठले १२ हजार १८७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र नं २, प्रदेशसभा सदस्य क मा नेकपा माओवादी केन्द्रका युवराज दुलालले २० हजार ६८७ मत प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका विकास तामाङले १३ हजार ५२१ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य ख मा काँग्रेसका निमा लामाले १८ हजार ९०५ मत प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका दावा तामाङले १८ हजार ७०८ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...