म्याग्दीमा समानुपातिकतर्फ एमाले पहिलो

Cpn uml

म्याग्दी । प्रतिनिधिसभामा समानुपातिकतर्फको मत परिणामअनुसार यहाँ नेकपा एमाले पहिलो भएको छ ।

प्रतिनिधिसभामा एमालेलाई १८ हजार २६६, नेपाली काँग्रेसलाई १७ हजार २४८ र नेकपा माओवादी केन्द्रलाई ४ हजार ३ सय मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १५१ मत ल्याएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जानकारी दिए । मतगणनानुसार विवेकशील साझा पार्टीले ५२७ मत प्राप्त गरेको छ ।

साना दल र जिल्लामा उम्मेदवार नभएका मधेशवादी दलले समेत झिनो मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेशसभातर्फ एमालेले १६ हजार ७०४ र काँग्रेसले १५ हजार ७३९ मत ल्याएका छन् । त्यसैगरी माओवादी केन्द्रले ४ हजार ८३३ मत प्राप्त गरेको छ । माओवादीले प्रतिनिधिसभा भन्दा प्रदेशसभामा मत बढाएको छ ।

त्यस्तै राप्रपाले १ हजार ८७४ मत ल्याएरको छ । राप्रपाले प्रदेशसभामा प्राप्त गरेको मत प्रतिनिधिसभाको भन्दा धेरै हो । म्याग्दीमा वाम र लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारका कारण समानुपातिकतर्फ बदर भएको मत धेरै रहेको बताइएको छ । जिल्लामा प्रत्यक्षतर्फका प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनले जीत हात पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...